भलिवल प्रतियोगिताको उपाधी व्यवस्थापन संकायलाई

-- बलबहादुर रोका, बागलुङ / प्रकाशित मिति : सोमवार, माघ २८, २०७५

विद्यामन्दिर माध्यमिक विद्यालयमा आयोजित अन्तर संकाय स्तरीय छात्र भलिबलको उपाधी व्यवस्थापन संकायले जितेको छ ।
विद्यालयको ७८ औ वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगीता अन्तर्गत सोमवार सम्पन्ने फाइनल खेलमा व्यवस्थापन संकायले मानविकी संकायलाई २५–२०, २५–२३ र २५–२१ को सोझो सेटमा पराजित गरेको हो ।
त्यस्तै छात्रा भलिवलमा मानविकी संकायले कक्षा १० का छात्रालाई पराजित गर्दै विजय भएको छ । कक्षा ६ देखी १० सम्मको छात्र भलिवलमा सन्जिव छन्त्यालको समुुह प्रथम र पारस घर्ति मगरको समुुह द्धितिय भएका छन् ।
सोमवार नै सम्पन्न भएको कक्षा ११–१२ को वतृत्वकलामा शिक्षा संकायका सपना परियार प्रथम, शिक्षा विज्ञानका मनिसा निउरे द्धितिय र विज्ञान संकायका लक्ष्मण गैरे तृतिय भएको विद्यालय जनाएको छ ।
८–१० सम्मको वक्तृत्वकलामा जिज्ञासा गौतम प्रथम, समीर पन्त द्धितिय र अमित जि.सि तृतिय भएका छन् । ६ र ७ का विद्यार्थी विच भएको वक्तृत्वकलामा निर्मल सुवेदी प्रथम, रश्मी परियार द्धितिय र भीम पाण्डे तृतिय भएको विद्यार्थी बलबहादुर रोकाले जानकारी दिनुभयो ।
कक्षा ६देखी १० सम्मको सुपर मेमोरो खेलमा अमित जि.सी प्रथम, विष्णुकुमारी सापकोटा रेजिना विक तृतिय भएका छन् । प्रावि स्तरिय बेलुन डान्समा जेनी खड्काको समुुह प्रथम सरस्वती परियारको समुुह द्धितिय र सिम्रन विकको समुुह तृतिय भएको बताइएको छ । विद्यालयको ७८ वार्षिकोत्सव तथा अभिभावक दिवसको मुुल समारोह माघ २ गते हुुने विद्यालयका प्रधानाध्यापक जगन्नाथ आचार्यले जानकारी दिनुुभयो ।