व्यवस्थापन र मानवविकी संकाय फाईनल प्रवेश

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : आइतवार, माघ २७, २०७५

बागलुङको पुरानो विद्यालय विद्यामन्दिर विद्यालयमा संचालन गरिएको अन्तर संकाय स्तरीय छात्र भलिबल प्रतियोगीतामा व्यवस्थापन संकाय र मानविकी संकाय फाईनल प्रवेश गरेको छ ।
विद्यालयको ७८ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित प्रतियोगीतामा व्यवस्थापन संकायले शिक्षा संकाय र मानविकी संकायले व्यवस्थापन समूह ‘ए’ लाई पराजित गर्दै फाईनल प्रवेश गरेका हुन ।
व्यवस्थापन संकायले शिक्षा संकायलाई २५–२० र २५–१८को सोझो सेटमा पाखा लगाएको थियो भने व्यवस्थापन संकाय समूह ‘ए’लाई मानविकी संकायले २५–१७, २५–२१ र २५–१७ को सहज जित निकालेको थियो ।
त्यस्तै छात्रा भलिवल प्रतियोगितामा व्यवस्थापन सहभागी नभए पछि कक्षा १० का छात्रा फाइनल प्रवेश गरेको छ । शिक्षा संकाय र मानविकी संकायको सेमिफाइनल खेलमा शिक्षा संकाय विजय भएको थियो । छात्र तथा छात्रा दुवैको फाइनल खेल सोमवार सञ्चालन गरिने विद्यालयले जनाएको छ ।