धौलागिरि बहुमुखी क्याम्पसको ५६ औँ बार्षिकोत्सव

गण्डकी प्रदेश सभाका सांसद इन्द्रलाल सापकोटाले स्वदेशमा रोजगारी सिर्जना गर्ने र समाजमा अत्यावश्यक जनशक्तिको आपुर्ति हुने किसिमको शिक्षा प्रणालीको आवश्यकता औल्याउनु भएको छ ।
धौलागिरि बहुमुखी क्याम्पसको ५६ औँ बार्षिकोत्सवका अवसरमा आयोजित मुल समारोहमा सम्बोधन गर्दै सांसद सापकोटाले अनुसन्धनात्मक शिक्षाको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
सापकोटाले सरकारले नीति, नियम र ऐन निर्माण गर्ने र निजी क्षेत्रले लगानी गर्ने वातावरण सिर्जना गर्नका लागि प्रदेश संसदमा आवाज उठाईरहेको सापकोटाको भनाई छ ।
कार्यक्रममा प्रदेश सांसद डिलकुमारी रोकाले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य लगायत पुर्वाधार विकासमा आफ्नो तर्फबाट प्रयास गरेको भन्दै शिक्षा क्षेत्रमा लगानी थप गर्नुपर्ने बताउनुभयो । दक्ष शिक्षक भएमा मात्रै गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने भन्दै उहाले शिक्षा क्षेत्रलाई फराकिलो बनाउन आवश्यक रहेको औँल्याउनुभयो ।
कार्यक्रममा क्याम्पस प्रमुख रामप्रसाद उपाध्ययाले धवलागिरी बहमुखी क्याम्पसको प्रगती विवरण पेश गर्दै आर्थिक संकटको बीचमा क्याम्पस संचालन भैरहेको भन्दै क्याम्पसलाई पुर्नजीवन दिनका लागि सबैको चासो र सहयोगमा जोड दिनुभयो । हाल ८४ रोपनी जमिनमा फैलिएको क्याम्पस भएपनि आन्तरिक आय निकै कम रहेको बताइएको छ ।
कार्यक्रममा नेकपाका जिल्ला संयन्त्र सदस्य लालबहादुर थापा, नेपाली कांग्रेसका जिल्ला सचिव नवराज पौडेल, पुर्व बिद्यार्थी संगठनका चिरञ्जिवी गौतम, राष्ट्रिय जनमोर्चाका सचिव भिमलाल पोखरेल, स्ववियु सभापति मनिष थापा लगायतले बोल्नुभएको थियो ।
क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायको अध्यक्षता, सहायक क्याम्पस प्रमुख धुव्र गौतमको स्वागत र तिलक कंडेलको संचालनमा सम्पन्न कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, प्राध्यापक तथा कर्मचारी संगठनका प्रतिनिधिहरुले पनि क्याम्पसलाई चुस्त व्यवस्थापनका साथ अगाडि बढाउन आग्रह गरेका थिए ।
वार्षिकोत्सवको अवसरमा आयोजित बिभिन्न प्रतियोगितामा बिजयी विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । क्याम्पसले विगत १६ बर्षदेखि समाजशाष्त्र मानवशास्त्रको स्नातकोत्तर तहमा पढाई संचालन गर्दै आएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार

धार्मिक पर्यटन विकासको लागि बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँमा रामकोटमा राष्ट्रिय भजन...
मङ्लबार, फाल्गुन ७, २०७५

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागलुङले २०४७ साल यताका उच्च पदस्थ व्यक्तिको...
मङ्लबार, फाल्गुन ७, २०७५

पर्वतको विहादी गाउँपालिका–५ उरामपोखरीमा मंगलबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु...
मङ्लबार, फाल्गुन ७, २०७५
प्रमुख समाचार

म्याग्दीको बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका ३ चमेरे...

म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा बिहीबारदेखि आधारभुत पत्रकारिता तालिम...
ताजा अपडेट

धार्मिक पर्यटन विकासको लागि बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँमा रामकोटमा...

सामाजिक सञ्जाल असामाजिक बन्दै गएको भन्दै यसलाई नियमन गर्न...

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागलुङले २०४७ साल यताका उच्च...