लगानी सुरक्षा प्राथमिकताः तिमिल्सीना

-- / प्रकाशित मिति : शनिबार, माघ १९, २०७५

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सीनाले ऐन कानुन बनाउँदा लगानी सुरक्षालाई प्राथमिकता दिइने बताउनुभएको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन)को गण्डकी प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सीनाले सबैको लगानी सुरक्षा हुनेगरी नीति नियम बनाउने बताउनुभयो ।
संविधानले परिकल्पनामा आधारित रहेर नीजी क्षेत्रमा लगानी गर्न आवश्यक रहेको भन्दै अध्यक्ष तिमिल्सीनाले नीति नियम बनाउँदा बाध्यकारी भनिएका बाहेक अन्य सुझाव अक्षरश लागु हुन नसक्ने भन्दै सबैको भावना समेटेर ऐन कानुन बनाउँनुपर्नेमा जोड दिनुभयो ।
राज्यले प्रदान गर्नुपर्ने शिक्षा र रोजगारीको क्षेत्रमा नीजी क्षेत्रले महत्वपूर्ण योगदान पुराएको उल्लेख गर्दै तिमिल्सीनाले निजी क्षेत्रमा देखिएका कमीकमजोरीहरुलाई हटाउँदै अगाडि बढ्न आग्रह गर्नुभएको थियो ।
माध्यामिक तहको अध्ययनका लागि नेपालबाट वार्षिक अरर्वौ रुपियाँ बाहिरिनु दुःखद रहेको बताउँदै उहाँले नेपालमै सर्वसुलभ तरिकाले अध्ययन गर्ने वातावरण सिर्जना हुनुपर्नेमा जोड दिनुभएको थियो । स्वास्थ्य र शिक्षा नाफामुलक हुन नहुने भन्दै अध्यक्ष तिमिल्सीनाले संविधानले व्यवस्था गरेअनुसार स्वास्थ्य र शिक्षा सर्वसुलभ हुने गरी काम गर्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै व्याब्सनका केन्द्रीय अध्यक्ष विजय सम्वाहाम्फेले राज्यले निजी क्षेत्रलाई विभेद गरेको भन्दै लगानीमैत्री वातावरण सिर्जना गर्न सरकारसँग आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा संघिय सांसद डक्टर सुर्य पाठक ,प्रदेश सभा सदस्य इन्द्रलाल सापकोटाले शिक्षा क्षेत्रमा भएको लगानी संरक्षण गर्ने दायित्व सरकारको पनी भएकोले तत्काल आत्तिनुपर्ने अवस्था नरहेको वताउनुभयो ।
प्याब्सन गण्डकी प्रदेश अध्यक्ष माधवशरण उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्याब्सनका केन्द्रीय सल्लाहकार टिका पुरी , वष्ठि केन्द्रीय उपाध्यक्ष डिके ढुङगाना ,केन्द्रीय उपाध्यक्ष हरु कृष्ण अधिकारी ,अनिलकुमार झा , दिपिका थापा, व्याब्सन गण्डकी प्रदेशका सल्लाहकार डोलराज पाण्डे ,एन प्याब्शनका केन्द्रीय सदस्य वालकृष्ण शर्मा, शिक्षा विकास तथा समन्वय इकाइ बागलुङका प्रमुख कुश्मराज उपाध्याउ ,उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष युवराज राजभण्डारी , शिक्षक महासंघ बागलुङका सचिव केशव रेग्मी लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
प्याब्शनका गण्डकी प्रदेश उपाध्यक्ष विजयराज पन्तले स्वागत गर्नु भएको कार्यक्रमको संचालन सचिव नवराज श्रेष्ठले गर्नु भएको थियो ।
अधिवेशनले प्राध्यापक डा. चन्द्रबहादुर थापको अध्यक्षतामा १५ सदस्य प्याब्सन गण्डकी प्रदेश समिति गठन गरेको छ । समितिको बरिष्ठ उपाध्यक्षमा नवराज श्रेष्ठ, उपाध्यक्षमा हर्कबहादुर कार्की, हरिहर अधिकारी, सचिवमा प्रकाश खनाल, सहसचिवमा विश्वराज बास्तोला र कोषाध्यक्षमा जगतप्रसाद भट्टराई र सहकोषाध्यक्षमा सेरबहादुर क्षेत्री रहनुभएको छ ।
समितिको सदस्यमा राजु केसी, शिवबहादुर शर्मा, प्रदिप बास्तोला, खेमबहादुर गुरुङ्ग, रामप्रसाद शर्मा, लेखनाथ पराजुली, अमृत दुम्रे र प्रदिप बगाली रहनुभएको छ ।