प्रगतिशिल लेखक संघको अध्यक्षमा भरत पौडेल

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : बिहिबार, माघ १७, २०७५

बागलुङमा क्रियाशिल प्रगतिशिल लेखकहरुको भेला बुधबार बागलुङ बजारमा सम्पन्न भएको छ ।

भेलाले भरत बागलुङ्गेको अध्यक्षतामा दुई सदस्य पछि थप गर्ने गरी १३ सदस्यीय प्रगतिशिल लेखक संघ बागलुङ शाखा गठन गरेको छ ।

जनपक्षीय लेखनलाई प्रभावकारी बनाउने उद्धेश्यले गठन भएको संघको सचिवमा ताराप्रसाद शर्मा, कोषाध्यक्षमा तारानाथ आचार्य, रहनुभएको छ । समितिको सदस्यमा कृष्ण अखेली, नविन शिशिर बिक, राम थापा अविरल, विजय राना, सिर्जना पन्त, सिर्जना कार्की, सज्जनकुमार सिंह, नविनप्रताप जिसी रहनुभएको छ ।

सघंको सल्लाहकारमा हरिनारायण गौतम, मुकेशचन्द्र राजभण्डारी, दिल शिरिष र कोपिला कँडेल रहेको सचिव ताराप्रसाद शर्माले जानकारी दिनुभयो । भेलामा प्रगतिशिल लेखक संघका केन्द्रिय पार्षद अर्जुन पौडेल ‘निर्जन’ले आफ्नो लेखनकार्यलाई जनपक्षीय बनाउनु पर्नेमा जोड दिनुभएको थियो ।