‘मनपरेको फुलको’को ट्रेलर सार्वजनिक

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : बिहिबार, माघ १७, २०७५

चलचित्र ‘मनपरेको फुलको’को ट्रेलर बिहिबार बागलुङमा सार्वजनिक गरिएको छ ।
बागलुङका कलाकार हरी विश्वकर्माद्धारा निर्माण निर्देशनमा बनेको चलचित्रको ट्रेलर बिहिबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो ।
बागलुङका कलाकार आयुस्मा घर्ती र पोखराका विशाल तामाङ्गको मुख्य भुमीका रहेको चलचित्र त्रिकोणात्मक प्रेम सम्बन्धमा आधारित रहेको निर्माण पक्षले जानकारी दिएको छ ।
करिव १५ लाख रुपैयाँ लगानीमा निर्माण भएको चलचित्र माघ १९ गते बागलुङमा विशेष च्यारीटी सो गर्ने निर्देशक विकले जानकारी दिनुभयो । च्यारिटी शो पछि सेन्सर बोर्डमा पठाएर देशभर प्रदर्शनमा लैजाने उहाको भनाई छ ।
चलचित्रमा बागलुङका बालकलाकार जोन खडका, श्रद्धा क्षेत्री, सन्तोष परियार, अमित गुप्ता, कामना खड्का, रामजी क्षेत्री, रोशन खत्री लगायतको मुख्य भुमिका रहेको छ । भारतको बिहार, म्याग्दीको रत्नेचौर र बागलुङका बिभिन्न स्थानमा छायांकन गरिएको निर्माण समुहले जनाएको छ ।
गणेश सापकोटा र बिजय लामाले छायांकन गरेको चलचित्रमा दुई वटा संगीत समावेश गरिएको छ । बाल प्रेमलाई वास्तविक प्रेम कथामा रुपान्तरण गरी चलचित्रका कथावस्तु तयार रहेको बताइएको छ ।