अबरुद्ध बनेको मध्यमोदी आयोजनाको काम पुनःसञ्चालन

पाँच दिनदेखि ठप्प बनेको पर्वतको मध्यमोदी जलविद्युत् आयोजनाको निर्माणकार्य पुनः सञ्चालन भएको छ ।
चौधरी गु्रपले मोदी गाउँपालिकामा निर्माण गरिरहेको १४.५ मेगावाट क्षमताको सो आयोजनाको काम स्थानीयवासीको आन्दोलनका कारण रोकिएको थियो । स्थानीयवासीका माग पूरा गर्न आयोजना पक्ष सहमत भएपछि निर्माण पुनः थालिएको हो । आयोजनाको सुरुङ निर्माण गर्दा स्थानीयवासीको घरमा क्षति पुगेको भन्दै उनीहरूले क्षतिपूर्तिको माग गरी आन्दोलन थालेका थिए ।
मोदी गाँपालिका–२ मख, ठाना, कल्लेनी र ओख्लेमा घरमा क्षति पुगेपछि स्थानीयवासी आक्रोशित भएका थिए । भूगर्भ्विद्ले दिएको प्रतिवेदनका आधारमा मोदी गाउँपालिका र आयोजना पक्षले संयुक्त प्राविधिक टोली खटाउने, प्राविधिक टोलीले घरको मूल्याङ्कन गरी पुनःनिर्माण वा प्रवलीकरण गर्दा लाग्ने लागत योजना तयार गर्ने र सोही आधारमा आयोजनाले घरधनीलाई रकम उपलव्ध गराउने सहमति भएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो ।
क्षति पुगेका तीन घरको पुनःनिर्माणको काम स्वयंले गर्ने र आवश्यक रकम आयोजनाले दिने सहमति जुटेको छ । भूगर्भविद्ले घर भत्कनुमा मुख्य कारण भूकम्प र पराकम्प भएको तथा आयोजनाका कारण केही घरमा असर परेको प्रतिवेदन दिएकाले सोही अनुसार कार्यान्वयन गर्न तयार रहेको आयोजना प्रमुख निरञ्जन राउत बताउनुहुन्छ । भूगर्भविदले १२ घरमा बढी क्षति, नौ घरमा सामान्य क्षति तथा सात घर प्रभावित हुनसक्ने प्रतिवेद न बुझाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार

धार्मिक पर्यटन विकासको लागि बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँमा रामकोटमा राष्ट्रिय भजन...
मङ्लबार, फाल्गुन ७, २०७५

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागलुङले २०४७ साल यताका उच्च पदस्थ व्यक्तिको...
मङ्लबार, फाल्गुन ७, २०७५

पर्वतको विहादी गाउँपालिका–५ उरामपोखरीमा मंगलबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु...
मङ्लबार, फाल्गुन ७, २०७५
प्रमुख समाचार

म्याग्दीको बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका ३ चमेरे...

म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा बिहीबारदेखि आधारभुत पत्रकारिता तालिम...
ताजा अपडेट

धार्मिक पर्यटन विकासको लागि बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँमा रामकोटमा...

सामाजिक सञ्जाल असामाजिक बन्दै गएको भन्दै यसलाई नियमन गर्न...

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागलुङले २०४७ साल यताका उच्च...