बागलुङका साँस्कृतिक साँझ हुने

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : बुधबार, माघ १६, २०७५

नयाँ विश्व अनलाईन पत्रिकाले बागलुङमा साँस्कृतिक साँझ गर्ने भएको छ ।
नागरिक संचार प्रालिद्वारा संचालित अनलाईन पत्रिकाले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी साँस्कृतिक साँझ संचालन गर्न लागेको जानकारी दिएको हो ।
लोक सँस्कृतिको संरक्षण र विकास गर्दै अनलाईन पत्रिका तथा परोपकारी कार्यमा सहयोग गर्ने उद्देश्यले साँस्कृतिक साँझ आयोजना गरेको नागरिक संचाल प्रालिका अध्यक्ष निर्मले श्रेष्ठले जानकारी दिनुभयो ।
माघ २६ गते साँझ ६ बजेदेखि कालीगण्डकी चलचित्र मन्दिरमा हुने साँस्कृतिक साँझमा नेपालका चर्चात हास्यकलाकार जितु नेपाल, लोकदोहोरी गायक जुना श्रीस, बसन्त थापा, कुमार पुन र दुर्गेश थापाको प्रस्तुती रहने प्रालिका उपाध्यक्ष शुभाष राजभण्डारीले बताउनुभयो ।
कार्यक्रमलाई ग्लोबल आईएमी बैक र आईएमी ग्रुपले मुख्य प्रयोजन गरेका छन भने सहायक प्रयोजकमा प्रभु बैक, सांग्रीला बैक, टुबोर्ग वियर र सिटिएक्प्रेस मनी ट्रान्सफस रहेका छन् । कार्यक्रम संचालनको लागि तीन लाख खर्च लाग्ने र करिव १० लाख बराबरको आर्थिक कारोबार हुने नयाँ विश्व अनलाईनका सम्पादक मुकेशचन्द्र राजभण्डारीले बताउनुभयो ।
कार्यक्रम अवलोकनको लागि एक हजार ५ सय र एक हजार रुपैयाँको टिकट व्यवस्था गरिएको छ । कला साहित्या विशेष रुची र क्षमता भएका विद्यार्थीलाई प्रवेश पासको सुविधा रहने सम्पादक राजभण्डारीको भनाई छ ।
साँस्कृतिक कार्यक्रमबाट संकलित रकम अनलाईन व्यवस्थापन र परोपकारी काममा खर्च गछौँ सम्पादक राजभण्डारीले भन्नुभयो– विद्यामन्दिरको बालविकास केन्द्र तथा विशेष अवस्थामा सहयोग गर्नुपर्ने परिवारको परोपकारी क्षेत्रमा खर्च गर्न लक्ष्य ।’ नयाँ विश्व अनलाईन पत्रिकाले आफ्नो कार्यक्षेत्रलाई विस्तार गर्दै राजधानी काठमाण्डौबाट संचालनको तयारी गरी रहेको छ