विद्यालयलाई निःशुल्क सोलार जोडन

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : बुधबार, माघ १६, २०७५

बागलुङको काठेखोला गाउँपालिका– २ भीमापोखरा स्थित शिवालय आधारभूत विद्यालयमा एक किलोवाट क्षमताको सोलार निःशुल्क रुपमा जडान गरिएको छ ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र खुमलटार, ललितपुरको सहयोग तथा धौलागिरि सोलार कम्पनी काठमाडाँैको व्यवस्थापनमा विद्यालयमा सोलार जडान गरिएको हो ।
प्रवद्र्धन केन्द्रले तीन लाखको लागतमा सोलार जडान गरेको हो । सोलार जडानपछि कम्प्युटर कक्षा सञ्चालन गर्न सहज भएको प्रधानाध्यापक कर्णबहादुर थापाले बताउनुभयो । विद्यालयमा नियमित रूपमा विद्युत् आपूर्ति नहुँदा समस्या भएको थियो ।
यस्तै सामुदायिक विद्यालयप्रति आकर्षण घट्दै गइरहेको बेला सो आधारभूत विद्यालयमा पढ्न आउने विद्यार्थीको सख्या बढ्दै गएको छ । विद्यालयले दिवा खाजा, कम्प्युटर शिक्षा तथा अन्य सुविधा प्रदान गर्न थालेपछि निजी विद्यालय छाडेर सो विद्यालयमा अध्ययन गर्न आउन थालेको प्रअ थापाले बताउनुभयो ।
विद्यालयमा हाल १०३ विद्यार्थी अध्ययनरत छन् । सो विद्यालयले कक्षा ८ सम्म अग्रेजी माध्यममा पठन पाठन संचालन गरे पछि विद्यार्थीको संख्या वार्षिक रुपमा वृद्धि हुँदै गएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम केसीले बताउनुभयो ।