९ महिने बालिकाको उपचारमा ३० लाख सहयोग जुट्यो

-- धौलागिरी एफएम संवाददाता, म्याग्दी / प्रकाशित मिति : मङ्लबार, माघ १५, २०७५

कलेजोको समस्याबाट थलिएकी म्याग्दीकी एक बालिकाको उपचारका लागि ३० लाख रुपैयाँ सहयोग जुटेको छ ।
अन्नपूर्ण गाउँपालिका–७ हिस्तानको औलाका जामबहादुर र रेश्मा रन्तिजा मगरकी ९ महिने छोरी सियानाको उपचारका लागि उक्त सहयोग जुटेको हो । भारतको सर गंगालाल अस्पतालमा कलेजो प्रत्यारोपणको तयारी गरिएकी बालिकाको उपचारका लागि थप १५ लाख रुपैयाँ आवश्यक पर्ने अभिभावकले बताएका छन् ।
स्वदेश तथा विदेशमा रहेका हिस्तानबासीहरुबाट प्राप्त भएको ३० लाख रुपैयाँ मध्ये हालसम्म १२ लाख रुपयाँ खर्च भइसकेको आमा रेश्माले बताउनुभयो । ‘प्राप्त सहयोग मध्ये १८ लाख रुपैयाँ बाँकी छ । कलेजो प्रत्यारोपणका लागि थप १५ लाख रुपैयाँ आवश्यक पर्ने अस्पतालले जनाएको छ,’ रेश्माले भन्नुभयो, ‘थप सहयोग जुटेमा छोरीको कलेजो प्रत्यारोपण गर्न सकिन्थ्यो ।’
कलेजो प्रत्यारोपणको तयारी गरिएकी बालिकाको उपचारका लागि थप सहयोग जुटाउन बेनीको परोपकारी संस्था ओमकुमारी शान्ति कोष मार्फत सहयोगको अपिल गरिएको छ ।
कोषका अध्यक्ष राजेश शाक्यले सियानाको जिवन रक्षाका लागि जतिसक्दो छिटो सहयोग गरिदिन सबैलाई अपिल गर्नुभभएको । गंगालाल अस्पतालका चिकित्सक निमेश र विशालले सियानाको कलेजो प्रत्यारोपणको लागि यही महिनाभित्र समय दिएका छन् ।