मापदण्ड पूरा नगरेका पानी उद्योगलाई उत्पादन बन्द गर्न निर्देशन
"जारको पानी उत्पादनलाई कुनै अवरोध नभएको " प्रमुख पौडेल

खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले धौलागिरीका चार पानी उत्पादक कम्पनीलाई बोतलको पानी उत्पादनमा रोक लगाएको छ ।
‘प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका, २०७४’ कार्यान्वयन नगर्ने बागलुङका दुई र पर्वतका दुई पानी उत्पादक उद्योगलाई उत्पादन तत्काल बन्द गर्न निर्देशन दिएको हो ।
अनुगमनको क्रममा चार वटै पानी उत्पादनले नयाँ निर्देशिका बमोजिमको मापदण्ड पुरा नगरेको भेटिए पछि उत्पादन बन्द गर्न निर्देशन दिएको खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका निमित्त प्रमुख केदार पौडेलले जानकारी दिनुभयो ।
निर्देशिका अनुसार बोतल पानी उत्पादनका लागि बोतलको वासिङ, फिलिङ र क्यापिङको काम स्वचालित मेशिनबाट गर्नुपर्छ । प्रशोधित पानीको गुणस्तर सुधार्न कृषि मन्त्रालयले पानी उद्योगमा असल उत्पादन अभ्यास (जीएमपी) सरहको मापदण्ड लागू गर्दै नयाँ निर्देशिका जारी गरेको हो ।
कार्यालयले बागलुङको महालक्ष्मी मिनिरल वाटर एन्ड वेवरेजद्धारा उत्पादित कालीका पानी, कार्की मिनिरल वाटर गल्कोटद्धारा उत्पादित ‘कार्की पिउने पानी, पर्वतको मुक्तिनाथ फुट एन्ड वेवरेज प्रालि र कर्मचार्य ब्रदर्श मिनिरल वाटर एन्ड वेवरेज इन्डन्ट्रिजलाई बोतलको पानी उत्पादन नगर्न निर्देशन दिएको छ ।
‘निर्देशिका अनुसार स्वचालित मेशिन नराख्ने उद्योगको अब बोतलको पानी उत्पादन गर्ने अनुज्ञापत्र नवीकरण हुँदैन,’ निमित्त कार्यालय प्रमुख पौडेलले भन्नुभयो– ‘नियमानुसार अनुज्ञापत्र लिएर मात्र बजारमा पानी विक्री वितरण गर्न पाइन्छ ।
आर्थिक वर्ष शुरू भएको ३ महीना भित्र अनुज्ञापत्र नवीकरण नभएमा वा नवीकरणको प्रक्रियामा नगएमा पानीको विक्रीमा रोक लगाउन सकिने व्यवस्था छ । निर्देशिकाको बारेमा उद्योगीलाई जानकारी गराएर स्वचालित प्लाण्ट लगायतका पूर्वाधार निर्माण गर्न सबै उद्योगीलाई सचेत गरिएको छ । बोतलको पानी उत्पादनमा रोक लगाए पनि जारको पानी उत्पादनलाई कुनै अवरोध नभएको निमित्त कार्यालय प्रमुख पौडेलको भनाई छ ।
‘नयाँ मापदण्ड कार्यान्वयनका लागि तत्काल बोतलको पानी उत्पादन बन्द गरेका छौँ’ – महालक्ष्मी मिनिरल वाटर एन्ड बेवरेजका संचालक प्रकाश राजभण्डारीले भन्नुभयो– तत्काल मेशिन किनेर ल्याउन समस्या छ । विद्युत आपूर्तिको अवस्था र नयाँ भौतिक संरचना निर्माण गर्दा समय लाग्ने उहाँको भनाई छ ।
उद्योगको वास्तविक अवस्थाबारे तयार गरिएको प्रतिवेदन जिल्ला प्रशासन कार्यालय बागलुङ र पर्वतलाई जानकारी गराइएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङले दुवै वटा उद्योगका संचालकलाई आगमी आईतबारसम्म सम्पूर्ण कागजात सहित कार्यालयमा उपस्थित हुन पत्र काटेको प्रशासकीय अधिकृत धिरेन्द्रराज पन्तले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार

नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले नेकपा कम्युनिष्ट पार्टी (नेकपा) आगमी...
शनिबार, फाल्गुन ४, २०७५

सरकारले नेपालमा सामाजिक सञ्जाल सञ्चालनमा कडाइ गर्ने भएको छ । सञ्चार तथा...
शुक्रबार, फाल्गुन ३, २०७५

विद्यालय तहको शिक्षक हुनका लागि अब अनिवार्य रूपमा विषयगत शिक्षण अनुमति...
सोमवार, माघ २८, २०७५
प्रमुख समाचार

म्याग्दीको बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका ३ चमेरे...

म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा बिहीबारदेखि आधारभुत पत्रकारिता तालिम...
ताजा अपडेट

धार्मिक पर्यटन विकासको लागि बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँमा रामकोटमा...

सामाजिक सञ्जाल असामाजिक बन्दै गएको भन्दै यसलाई नियमन गर्न...

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागलुङले २०४७ साल यताका उच्च...