जीपको ठक्करबाट घाइते सापकोटाको स्वास्थ्य खतरामुक्त

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : सोमवार, माघ १४, २०७५

आइतवार बिहान हल्लनचोकमा जीपको ठक्करबाट गम्भीर घाइते बागलुङकी ज्योति सापकोटाको स्वास्थ्यमा सुधार आएको छ ।

शिक्षण अस्पताल महाराजगंज काठमाण्डौंमा आइसियूमा उपचारत उहाँको स्वास्थ्यमा क्रमिक सुधार आएपछि जनरल वार्डमा सारिएको हो । उहाँको टाउकोमा गम्भीर चोट लागेको थियो ।

अहिले स्वास्थ्य अवस्था खतरामुक्त छ । न्युरो डाक्टर मोहनराज शर्मा र डा. दिपक शर्माले उपचार गरिरहनुभएको छ । स्वास्थयमा सुधार आएका कारण सोमबार जनरल वार्डमा सारिएको छ उहाँका काका पोषक सापकोटाले बताउनुभयो ।

बागलुङदेखि पोखराका लागि छुटेको ग १ ज ५२९९ नम्बरको जिपले कार्यालय जाँदै गरेको अवस्थामा उहाँलाई ठक्कर दिएको थियो । सापकोटा प्रभुबैंकको बागलुङ शाखामा कार्यरत हुनुहुन्छ ।