कार्यालयमा छड्के निरिक्षण गर्दै पर्वत प्रशासन

-- धौलागिरी एफएम संवाददाता, पर्वत / प्रकाशित मिति : बिहिबार, माघ १०, २०७५

पर्वतका सरकारी कार्यालयहरुको काम काज र कर्मचारीहरुको उपस्थिति र अवस्थाका बारेमा जानकारी लिने उद्धेश्यले जिल्ला प्रशासन कार्यालय पर्वतले छड्के अनुगमन थालेको छ ।
सरकारी कार्यालयहरुको कागको प्रगतिको अवस्था, कर्मचारीहरुको कार्यशैली, नियमितता र कार्यालयमा हुनेपर्ने सवै मापदण्डहरु छन् वा सेवाग्राहिकले के कसरी सेवा पाएका छन् छैनन् भन्ने अवस्थाका मारेमा बुझ्न अनुगमन गर्न थालिएको हो ।
सरकारी कार्यालयको सुशासन (व्यवस्थापन तथा संचालन ) ऐन, २०६४ र नियमावली २०६५,को नियम ४० र ४१ र अनुसुची १ ले निर्दिष्ट गरेको ३६ वुँदा विषयहरु समावेश भएको ढाँचामा निरिक्षण सुरु भएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बिहिवारदेखि गरिएको निरिक्षणमा सेवा प्रवाह तथा सुशासन, सदाचार, आर्थिक अनुसासन कायम, विकास निर्माण कार्यमा समन्वय र सहजिकरणल लगायतका विषयमा सोधपुछ गरिएको थियो । बुधवार जलस्रोत तथा सिंचाई विकास डिभजन कार्यालय, नापी कार्यालय, घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयमा निरिक्षण भएको प्रजिअ ढकालले जानकारी दिनुभयो । अनुगमनका क्रममा जनअपेक्षा अनुसार प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारी ढकालले निर्देशन दिनुभएको थियो ।