बागलुङ बजारका भित्री गल्लीका नाली दुर्गन्धित बन्दै

-- बल बहादुर रोका, बागलुङ / प्रकाशित मिति : बिहिबार, माघ १०, २०७५

पछिल्लो समय बागलुङ बजारका भित्री सडक र गल्ली दुर्गन्धित बन्दै जान थालेको छ ।
मध्य पहाडी व्यापारिक तथा पर्यटकीय शहर,सुन्दर समृद्ध सांस्कृतिक बागलुङ नगरको नारा दिएको बागलुङ नगरपालिकाले बजारको मुख्य सडकसँग जोडिएको गल्ली तथा नालीहरुलाई व्यवस्थित गर्न नसक्दा दुर्गन्ध फैलन थालेको हो ।
बजारको प्रायः भित्री गल्ली तथा नालीमा फोहोर पानीको ताल छ । फोहो पानी फाल्नका लागि निर्माण गरिएको नालीमा पानी भन्दा फोहोर बढि फोहोर देखिन थालेको बजार बासीको गुनासो छ ।
छोटो दुरीका कारण प्रयोग गर्ने पैदल यात्रुहरुले दुर्गन्धले सकस बेहोनुपर्ने अवस्था छ । दीर्घकालिन समाधानको लागि काम गर्नु पर्ने भएकाले लहरे पिपल,उपल्लाचौर हुदै आउने ढललाई व्यवस्थित गर्न सके बजार दुर्गन्धित नबन्ने स्थानीय डिलबहादुर बस्नेतको भनाई छ ।
बागलुङ बजारको मुख्य गरि लालीगुरास चोक देखि धौलागिरी चोक निक्लिने भित्रि गल्ली, हल्लनचोक, पुराना जिविस पछाडीकोे गल्ली, जिल्ला प्रहरी कार्यालय बागलुङ अगाडिको नालीमा पानी भन्दा बढि प्लाष्टिक, मानिसको दिशा देखि अन्य विकारका वस्तु देखिने गरेका छन् । तर, यसमा नगरपालिका देखी टोल सुधार समितिले समेत व्यवस्थापन गर्न चासो देखाएको पाइएको छैन ।
बागलुङ नगरपालिकाले भित्रि सडक तथा गल्ली र नाली व्यवस्थसथापन गर्न चालु आर्थिक वर्षका लागि बजेट बिनियोजन गरेको जनाएको छ ।

बजार भित्रका ढल व्यवस्थापन, बजारका चोक सुधार तथा नाली व्यवस्थापनमा नगरपालिकाले १ करोड बजेट विनियोजित गरिएको छ । बजारमा रहेको नाली व्यवस्थापन तथा दलको पानीलाई तोइत मेल गरेर व्यवस्थापन गर्नका लागि खानेपानी तथा ढल निकास केन्द्रिय आयोजना सँग नाली व्यवस्थापनमा सम्झौता भएको भएको आयोजनाले डिपियार तयारमा रहेको नगर प्रमुख जनकराज पौडेलले बताउनुभयो ।
बजारमा रहेका नालीहरुको कतिपय स्थानमा नालीको माथिल्लो भागमा रहने स्लेप छैन नालीको भागमा रहेको घरधनिले यस स्लेप बनाएर नालीमा राख्नु पर्ने तर नाली बनाउने स्थलमा सरकारी कार्यालय रहेमा त्यसमा प्रयोग गरिने स्लेप नगरपालिकाले तयार गर्ने नगर प्रमुख पौडेलको भनाई छ ।
शिवधाराचोक देखि विद्यामन्दिर विद्यालय अगाडिको नाली पनि दुर्गन्धित हुदा यस विद्यालयमा अध्ययन रत विद्यार्थी तथा कार्यरत विद्यार्थी तथा कर्मचारी लगायत यस टोलका स्थानीय र बजार बासीलाई असहज भएको विद्यार्थी ओमकार थापाले बताउनुभयो । यस टोलको नाली सुधार गर्नका लागि बा.न.पा ३ ले नाली सुधारमा ७ लाख रुपैयाँ विनियोजित गरेको छ अव उपभोक्ता समितिवाट काम सुरु हुने वडा नम्वर ३ का वडा अध्यक्ष लक्ष्मी बास्कोटाले जानकारी दिनुभयो । अहिले विद्या मन्दिर विद्यालय प्रवेशद्धारा वरपर नाली व्यवस्थापन थालेको छ ।