जीप रिठापाटामा दुर्घटना ४ जना घाईते

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : सोमवार, माघ ७, २०७५

बागलुङको काठेखोलामा सोमवार विहान जिप दुर्घटना भएको छ ।
काठेखोला गाउपालिका ५ बिहुँ कर्लिमबाट बागलुङ बजार आउदै गरेको ग १ ज ६६४६ को जीप काठेखोला ६ रिठापाटामा सडक देखी करीब १० फिट तल खेतमा खसेको हो ।
दुर्घटनामा ४ जना घाइते भएका थिए । जिपका चालक सहित अन्य एक जना भने सकुशल छन् । दुर्घटनामा घाइते भएका बिहुँका सुमन कंडेल, सन्दिप सापकोटा, सन्तोष कंडेल, अर्जुन सुवेदी, मनिष सापकोटा धौलागिरी अञ्चल अस्पतालमा सामान्य उपचार पश्चात घर फर्किको काठेखोला गाउपालिका ५ का अध्यक्ष शिव कँडेलले जानकारी दिनुभयो । गाडीको पाइराइट भाँचिएका कारण दुर्घटना भएको बताइएको छ ।