भाडा घटाएर बलेवा विमानस्थल पुनः सञ्चालन हुने

नगरपालिकाले जहाजको भाडा प्रति व्यक्ति ५ हजार कायम गर्न प्रस्ताव
-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : सोमवार, माघ ७, २०७५

बागलुङ नगरपालिकाले बलेवा विमानस्थल देखि काठमान्डौ सम्मको हवाई भाडा प्रतिव्यक्ति ५ हजारका दरले कायम गर्न प्रस्ताव गरेको छ ।
बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले नेपाल एयरलाइन्ससँग छलफल गरेर पुनह विमानस्थल सच्चालनमा ल्याउन हवाईभाडा घटाएर सच्चालनमा ल्याउन पहल गरेको जानकारी दिनुभएको छ ।
बलेवा विमानस्थल देखि काठमान्डौ सम्मको भाडा ६ हजार ५ सय तोकिएको थियो यस भाडा महङ्गो भएको बन्दै स्थानियले गुनासो गरेका थिए । बलेवा विमानस्थल देखि नियमित जहाज सच्चालनमा ल्याउन सकेमा प्रति व्यक्ति ५ हजार भाडा स्विकृत हुने आश्वान नेपाल एयरलाइन्सले दिइएको नगर प्रमुख पौडलले बताउनुभयो ।
बलेवा विमानस्थल सम्म पुग्ने सडक सडकको स्तरउन्नती गर्ने र विमानस्थलको धावनमार्ग कालपत्रे गर्ने योजनासमेत नगरपालिकाले अगाडि सारेको छ । अहिले विमान स्थल सम्म पुग्ने सडक मर्मतको काम नगरपालिकाले गरिरहेको र विमानस्थल नियमित सच्चालनमा आएमा पर्यटन मन्त्रालयवाटै नै रन वेका आधारमा कालपत्रे हुने नगर प्रमुख पौडेलले जानकारी दिनुभयो ।
जहाजको भाडा महँगो भएकाले अधिकांश यात्रुहरु जहाजमा यात्रा गर्न कठिनाई , खाली सितको आर्थिक व्यवभार नगरपालिका परेको र अन्य समस्याका कारण विमान सच्चालन ल्याउन कठिनाई भएको हो ।
गत वर्ष देखि सच्चालनमा आएको जहाजको सितभार नगरपालिकाले बहन गर्दा नगरपालिकाले २० लाख खर्च भएको थियो । अव जहाज सच्चालन गर्दा सितभार नगरपालिकाले नवेहार्ने गरि सच्चालनमा आउने नगरप्रमुख पौडलको भनाई छ ,अहिले नेपाल एयरलाइन्स जहाजको संङ्ख्या पनि बढेको र पुराना जहाज मर्मत भएकाले नियमित जहाज सञ्चालन गर्न सहमति भएको हो ।
बलेवा विमानस्थल २६ वर्ष पछि बागलुङ नगरपालिकाको सक्रियतामा गत वर्ष देखि सञ्चालनमा आएको थियो ।