रोकिराखेको ट्याक्टर अचानक गुड्दा कमलाको ज्यान लियो

-- धौलागिरी एफएम संवाददाता, पर्वत / प्रकाशित मिति : आइतवार, माघ ६, २०७५

पर्वत पार्किङ गरेर राखिएको ट्रयाक्टर अचानक गुड्दा एक महिलाको ज्यान गएको छ । अर्को एक जना घाइते भएका छन् ।

पर्वतको जलजला गाउँपालिका ७ मिलनचोकको उपल्लो बजारमा काठ लोड भएको ग १ त ३५१८ नम्बरको ट्रयाक्टर आइतवार पार्किङ गरिराखेको ठाउँबाट अन्दाजी २० मिटर भिरालो तर्फ गुड्दा ४२ वर्षीया कमला पौडेलको ज्यान गएको हो ।

पौडलको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा जलजला गाउँपालिकाकी ३५ वर्षीया अनिता आचार्य घाइते हुनुभएको छ । घाइते आचार्यलाई थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरा ल्याइएको छ । चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।