बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो मृतक ५ जनाको सनाखत

-- दिल शिरीष बागलुङ / प्रकाशित मिति : बिहिबार, माघ ३, २०७५

बागलुङ र पर्वतको सिमाना मालढु®ा नजिकै आज विहान भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
म्याग्दीको बेनी बजारबाट नारायणगढ तर्फ जाँदै गरेको ग १ ख ६१०८ नम्बरको बस दुर्घटना हुँदा तिन जनाको घटनास्थलमै भएको थियो । अन्य चार जनाको धौलागिरी अञ्चल अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
घटनास्थलमै मृत्यु हुनेमा म्याग्दी पाखापानी २ का बर्ष २१ का राजेश पुन, पर्वत जलजला गाउँपालिका ७ का बर्ष ३२ की विसमाया पुनको मृत्यु भएको छ भने एक पुरुषको सनाखत हुन बाँकी छरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक दिपक रेग्मीले बताए ।
धौलागिरी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेमा भने पर्वत जलजला गाउँपालिका ८ का बर्ष ५० का टिका परियार, उनकी श्रीमति बर्ष ४० की सेति परियार, बागलुङ नगरपालिका ४ कुडुलेकी बर्ष ४८ की शान्ति केसी रहेका छन् । मृतक एक पुरुषको सनाखत हुन बाँकी छ ।
घाइते भएका मध्ये चार जनाको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेको छ । गम्भिर घाइते मध्ये हेलिकप्टर मार्फत १ जनालाई पोखरा र दुई जनालाई काठमाण्डौ पठाइएको छ । अरु चार जनालाई हेलिकप्टर मार्फत काठमाण्डौ पठाउने तयारी छ । गम्भिर घाइते भएका मध्ये २३ जनालाई भने सवारी साधन मार्फत अञ्चल अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि पोखरा पठाइएको अस्पतालका जनस्वास्थ्य निरिक्षक रामप्रसाद खनालले जानकारी दिए । बस सडकबाट करिब १ सय ५० मिटर तल कालीगण्डकी किनारमा खसेको छ ।