दुध व्यबसायबाट राम्रो आम्दानी गर्दै कुडुँलेका क्षेत्रि

बागलुङ नगरपालिका ४ कुडुले द्धारेगंगाका चन्द्रबहादुर क्षेत्रीले दुध व्यबसायबाट राम्रो आम्दानी गर्न सफल हुनुभएको छ ।
-- धौलागिरी एफएम / प्रकाशित मिति : बुधबार, माघ २, २०७५

बागलुङ नगरपालिका ४ कुडुले द्धारेगंगाका चन्द्रबहादुर क्षेत्रीले दुध व्यबसायबाट राम्रो आम्दानी गर्न सफल हुनुभएको छ ।
२०६८ शालमा ३ भैसी १ गाइबाट दुध व्यबसाय सुरु गर्नुभएका क्षेत्रीले अहिले ७ भैसि ३ गाई पाल्नुभएको छ । अहिले दैनिक ३६ लिटर दुध बिक्री गर्न सफल भएको उहाँको भनाई छ । यसबाट मासिक ७५ हजार रुपैयाँ सम्म आम्दानी हुने गरेको छ ।
दुध बेचेर आउने यो रकमले परीवार खर्च चलेको र मासिक १५ हजार जति बचत गर्न सफल भएको क्षत्री बताउनुहुन्छ । १० लाख लगानी गरी भैसि फर्म खोल्नुभएका उहाँले सम्पुर्ण खर्च कटाएर मासिक ४० हजार आम्दानी हुने बताउनुभयो । २०७३ सालमा कृषि र पशु कार्यलयबाट २ लाख अनुदान समेत लिनुभएको थियो ।
क्षेत्रिले अन्य १ जनालाई रोजगारी समेत दिनुभएको छ । क्षत्रीले विविध सुविधा सहित फर्ममा काम गर्ने कामदारलाई मासिक १० हजार दिने गरेको क्षत्रिले बताउनुभयो । सुरुमा कुखुरा पालन व्यबसाय गर्नुभएका क्षेत्रिले राम्रो आम्दानी नभएपछि कृषि तथा पशु पालन तर्फ लाग्नुभएको हो ।
क्षेत्रिले दुध विक्रिका लागि मोटर साईकल मार्फत दुध बजार ल्याउने गर्नुहुन्छ । ५० बर्षिय क्षेत्रिले दुध व्यबसायले पाएको बजार र सफलताबाट सन्तुष्ट भएको बताउनुभयो ।