रेश नुन्थलामा शिक्षक बिदाई र सहयोग अभियान

बागलुङको काठेखोला गाउँपालिका–७ रेशको एक विद्यालयले शैक्षिक सुधारका लागि भन्दै स्वच्छीक चन्दा अभियान थालेको छ ।
-- Dhaulagiri Fm / प्रकाशित मिति : मङ्लबार, माघ १, २०७५

बागलुङको काठेखोला गाउँपालिका–७ रेशको एक विद्यालयले शैक्षिक सुधारका लागि भन्दै स्वच्छीक चन्दा अभियान थालेको छ ।
रेश नुन्थला माध्यमिक विद्यालयले घरदैलदो अभियान मार्फत सहयोग संकलन सुरु गरेको हो । शैक्षिक गुणस्तर अभिबृद्धि एवम् विद्यालयको सम्पूर्ण पक्षको विकासको लागि सहयोग अभियान थालिएको विद्यालयका प्रधानाध्यापक ओमबहादुर थापाले बताउनुभयो ।
साविक रेश गाविस वाड नं ३, ५, ६, ७, ८ मा घरदैलो अभियान बाट विद्यालयको विकासको ४६ लाख २७ हजार ५ सय ६० रुपैँया संकलन गरेको विद्यालयका शिक्षक डिल बहादुर कार्कीले बताउनुभयो । विद्यालयमा शैक्षिक सामग्री तथा भौतिक संरचना निर्माणमा उक्त रकम खर्च गरीने विद्यालयले जनाएको छ ।
आईतवार सहयोग अभियान सँगै विद्यालयले लामो समय विद्यालयमा सेवारत शिक्षकहरुलाई विदाई समेत गरेको छ । बिदाई समारोहमा १९ वर्ष सोही विद्यालयमा प्रधानाध्यापक रहेका ओमप्रसाद थापा र शिक्षण सेवा गरी सेवा निबृत्त भएका रुद्रप्रसाद गौतमललाई बिदाई गरिएको थियो । समारोहमा पूर्व प्रधानाध्यापक थापाले १ लाख ११ हजार १ सय १ रुपौयाँ सहयोग गरेका छन् । उनलाई विद्यालयले १९ किलोको माला लगाई बिदाई गरेको थियो ।