स्यानीपोखरी आधारभूत विद्यालयमा दुईवटा भवन शिलन्यास, शिक्षा लिनबाट बञ्चित हुनुपर्ने दिन गएःसांसद गिरी

पर्वतको कुस्मा नगरपालिका वडा नं. ११ सिल्मीमा रहेको स्यानी पोखरी आधारभूत विद्यालयमा २ वटा भवन निर्माणकार्य शुरु भएको छ ।
-- Dhaulagiri Fm / प्रकाशित मिति : मङ्लबार, माघ १, २०७५

पर्वतको कुस्मा नगरपालिका वडा नं. ११ सिल्मीमा रहेको स्यानी पोखरी आधारभूत विद्यालयमा २ वटा भवन निर्माणकार्य शुरु भएको छ ।
विनासकारी भुकम्पले भवन क्षतविक्षत भएपछि निकै समस्यामा रहेको उक्त विद्यालयमा भुकम्प पुर्न्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई शिक्षा पर्वत र गोरखा वेलफेयर सोसाईटीको सहयोगमा एकैपटक दुईवटा भवन निर्माण गर्न थालिएको हो । एउटा १८ लाख र अर्को भवन २४ लाखको लागतमा निर्माण गर्न थालिएको विद्यालयले जनाएको छ ।
निर्माण हुन लागेका दुईवटै भवनको सोमवार शिलन्यास गरिएको छ । प्रतिनिधी सभाका सदस्य पदम गरीले दुईवटै भवनको शिलान्यास गर्नुभएको हो । कार्यक्रममा बोल्दै गिरीले राज्यले सर्वसुलभ शिक्षाका लागि लगानी बढाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले शिक्षामा प्रर्याप्त लगानी हुन नसक्दा सार्वजनिक शिक्षा प्रणाली समेत समस्यामा परेको बताउँदै शैक्षिक गुणस्तर बृद्धिका लागि पूर्वाधार सँगै शिक्षकहरुको क्षमता समेत बढाउनुपर्ने बताउनुभयो ।