अरु तरकारीको तुलनामा तरुल व्यवसायमा बृद्धि

परमम्परागत माघे सक्रान्तिलाई केन्द्रित गरेर बिक्रीका लागि राखिएको तरुलले बागलुङमा राम्रो बजार पाएको छ ।
-- Dhaulagiri Fm / प्रकाशित मिति : मङ्लबार, माघ १, २०७५

परमम्परागत माघे सक्रान्तिलाई केन्द्रित गरेर बिक्रीका लागि राखिएको तरुलले बागलुङमा राम्रो बजार पाएको छ ।

माघ सक्रान्तिलाई तरुल घिउ र चाकुको पर्वको रुपमा लिने गरिन्छ । बजारमा यो वर्ष सवै भन्दा बढी प्रतिकेजी वन तरुल २ सय रुपैयामा विक्री भएको छ भने रातो तरुल १ सय ४५ रुपैयामा विक्री भएको छ ।

यसैगरी सेतो तरुल प्रति केजी १४० रुपैयाँ, जाते तरुल प्रतिकेजी १२० रुपैया, लामे तरुल प्रतिकेजी ९० रुपैया, पहेलो तरुल प्रति केजी ७० रुपैया, लौरे तरुल १ सय रुपैयाँमा विक्री भएको छ भने सखर खण्ड प्रति केजी ८० रुपैयामा विक्री भैरहेको छ ।

बजारमा घर तरुल, वन तरुल, पानी तरुल पनि भित्रिएका फलफुल तथा तरकारी व्यवसायीका अध्यक्ष धुव्रप्रसाद शर्माले बताउनुभयो । शर्माका अनुसार तरुल विक्री गर्ने किसान व्यापारीको सम्पर्कमा नआएकाले बागलुङका केही ठाउँवाट मात्र तरुल बजार भित्रिने उहाँको भनाई छ ।

यो वर्ष सवैभन्दा बढी तरुल तनहु जिल्लाबाट बागलुङ बजारमा भित्रिएको छ । फलफुल तथा तरकारी व्यवसायीका अनुसार बजारमा अरु तरकारीकोे बजार राम्रो नभए पनि माघे सक्रान्तिको अवसरमा बजारमा १० क्विन्टल तरुल बिक्री सकेको फलफुल तथा तरकारी व्यवसायी गंगा केसीको भनाई छ । यो वर्ष बागलुङमा प्राप्त तरुल उत्पादन हुन नसक्दा पोखरा, चितवन, तनहु लगायत बागलुङका केही विहु, फापरखेत, दमेक लगायतका ठाउँवाट पनि लोक्कल तरुल बजार भित्रिएको छ ।

हरेक वर्ष पुस महिनामा सवैभन्दा बढी तरुल बिक्री हुने गर्दछ । माघे संक्रान्तिमा तरुल खाए पछि चिसो हटेर जाने बिश्वास गरिन्छ ।