नयाँ बिधयेक बनाउँदै बा.न.पा.को चौथो नगरसभा सम्पन्न

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : मङ्लबार, माघ १, २०७५

बागलुङ नगरपालिकाको चौथो नगरसभा सोमबार बागलुङ बजारमा सम्पन्न भएको छ ।

नगर सभामा बिभिन्न तिन वटा ऐन सर्वसम्मत रुपमा पारित गरेको छ । नगरपालिकाले चौथो अधिवेशनले बिभिन्न तीनवटा कानुन बनाएर सम्पन्न भएको नगपालिकाले जनाएको छ ।

नगरसभामा विधेयक समितिका संयोजक लक्ष्मी बाँस्कोटाले प्रस्तुत गरेका बागलुङ नगरपालिकाको विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन–२०७५, फोहोरमैला व्यवस्थापन कार्य्िवधि ऐन–२०७५ र सार्वजनिक निजी साझेदारी सम्बन्धी व्यवस्था गर्न बनेको अध्यादेश–२०७५ सर्वसम्मतिले पारित भएका हुन् । स्थानिय सरकारले निर्माण गर्ने बिभिन्न ऐन तथा कानुनको निर्माण गरिसकेको नगरपालिकाले यस पटकको नगरसभामा तिन वटा ऐन बनाएको हो । यि सँगै २८ वटा ऐन, नियम तथा कार्य्बिधि बनिसकेको प्रमुख प्रशासकीय अधिकृत भिम बहादुर कुँवरले जानकारी दिनुभयो ।

स्थानीय सरकारले गर्ने वर्षे अधिवेशनमा नगरका नीति कार्यक्रम, बजेट तथा योजना निर्माण गरिने र हिउँदे अधिवेशनमा नगरका ऐन कानुनहरु पारित गरिने कानुनी व्यवस्थाअनुसार नगर सभामा बागलुङ नगरपालिकाका ऐन हरु बनाएर पारित गरेको हो ।

विधेयकहरु पारित भएसँगै बागलुङ नगरभित्र विपद जोखिम न्यूनिकरण, फोहोर मैला व्यवस्थापन र सार्वजनिक तथा निजी क्षेत्र सँग सहकार्य गरेर काम गर्ने वाटो खुलेको छ ।

उपराष्ट्रपति पुनद्धारा अग्लो कुश्मा–कैया झोलुङ्गे पुलको अबलोकन

उपराष्ट्रपति नन्द किशोर पुनले सोमवार बागलुङ आउनुभएको छ ।

स्थानीय सहारा क्लबको आयोजना तथा जैमिनी नगरपालिकाको सहयोगमा माघे संक्रान्ति पर्वको अवसरमा आयोजित जैमिनी महोत्सवको मंगलवार हुने विशेष समारोहको उद्घाटनका लागि आउनुभएका पुनले दिउँसो पर्वत सदरमुकाम कुश्माबजारमा रहेको मुुलुककै अग्लो झोलुेङ्गे पुल अवलोकन गर्नुभएको छ ।

उपराष्टपति पुनले मुलुककै अग्लो कुश्मा–कैया अग्लो झोलुङ्गे पुलमा पैदल हिडेर कालीगण्डकी नदि तर्नुभएको हो । उहाँ जैमिनी नगरपालिकाको कुश्मिशेरामै बास बस्नु भएको छ । प्रत्येक वर्ष माघे संक्रान्तिको अवसरमा विशेष मेला लाग्ने उक्त स्थानमा हजारौ दर्शकहरुको भिड लाग्ने गर्दछ । महोत्सवमा खेलकुद सहित विभिन्न सांस्कृति कामहरु संचालन भएका छन् ।

पर्वत सदरमुकाम कुश्माबजारलाई छिमेकी जिल्ला बागलुङ र पर्वतकै ग्रामीण क्षेत्र जोड्नका लागि चार वटा अग्ला र लामा पुल निर्माण भएका छन् । पुल अबलोकनका लागि स्वदेशि तथा विदेशी पर्यटकको समेत भिड लाग्ने गर्दछ ।

स्थानीय सहारा क्लवको आयोजनामा संचालित उक्त महोत्सव माघ तीन गतेसम्म संचालन हुने भएको छ । उपराष्ट्रपति पुनको आगमनसँगै पर्वत सदरमुकाम र बागलुङको बलेवा क्षेत्रमा सुरक्षा अवस्था कडा पारिएको छ । उहाँलाई प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल लगायत सुरक्षा निकायवाट यस क्षेत्रका बारेमा जानकारी गराइएको थियो ।