लागुऔषध प्रयोगकर्ताको अखडा बन्दै शान्ति समितिको भवन

छेउमै रहेको प्रहरी प्रशासन बेखवर
-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : आइतवार, पुस २९, २०७५

स्थानीय शान्ति समिति भंग भए पछि अलपत्र अवस्थामा रहेको स्थानीय शान्ति समिति बागलुङको भवन लागु औषध प्रयोगकर्ताको अखडाको रुपमा विकास भएको छ ।

भवनको उचित व्यवस्थापन र रेखदेखको अभावमा शान्ति समितिको भवन लागु औषध प्रयोग गर्ने युवाहरुको लागि सुरक्षित स्थानको रुपमा विकास हुँदै गएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङदेखि करिव दुई समय मिटरको दुरीमा रहेको उक्त भवनमा विहान र साँझको समयमा युवाहरुको बाक्लो उपस्थिती रहने प्रत्यक्षदर्शी बताउँछन् ।

स्थानीय एक महिलाका अनुसार भवन भित्र र बाहिर सुई, लागु औषधका सिसा बग्रेल्ती भेट्न सकिन्छ । भवन भित्रको किताब राख्ने ¥याक रगतले भरिएका सुई, सानासाना सिसी, चुरोटहरु भेटाउन सकिन्छ । उनीहरुले लागु औषध प्रयोग गरेर सकिएका सिसीहरु भवनको पूर्वपट्टिको झ्यालबाट बाहिर फालिएको छ । भवनको भित्रि भित्तामा रगतका छिटाहरु पनि देख्न सकिन्छ ।

भवनको रेखदेखमा प्रशासनले उचित ध्यान पु¥याउन नसक्दा दुव्र्यसनीहरुको लागि लागुऔषध प्रयोग गर्ने उपयुक्त ठाउँको रुपमा लिने गरेको स्थानीय मिना बोहराले बताउनुभयो । ‘विहान बेलुकी केही कामले भित्र बाहिर गर्न समेत डर लाग्छ, उहाँले भन्नुभयो– केटाकेटीहरु डर लाग्ने अवस्थामा देखिन्छन, तर प्रहरी प्रशासन र अभिभावकको चासो यस तर्फ देखिएको छैन ।’

सरकारले २०७४ असारमा स्थानीय शान्ति समिति भंग गरेको थियो । जिल्ला प्रशासन कार्यालयको मातहातमा रहेको भवनका गतिविधिबारे जिल्ला प्रहरी कार्यालय बेखर नभए पनि यस्ता गतिविधि रोक्न कुनै ठोस कदम चाल्न सकेको छैन । हामीले लागु औषध प्रयोगकर्ताले भवनको प्रयोग गरेको जानकारी लिएका छौँ– ‘प्रहरी निरीक्षक परशुराम मल्लले भन्नुभयो– आवश्यक प्रमाण सहित प्रहरीले यस्ता गतिविधि नियन्त्रणको प्रयास गर्छ ।’

भवन सुरक्षाको लागि निर्माण भएको गेटको ग्रिल टुटफुट हुँदा मुल चावी लगाए पनि भित्र बाहिर गर्न सक्ने अवस्थामा रहेको छ । भवनको कम्प्युटर कक्ष र सचिवालय कक्षमा चावी लगाए पनि अर्का भवन खुल्ला अवस्थामा रहेको छ ।

भवन सुरक्षाको विषयमा जिल्ला प्रहरी कार्यालय बागलुङलाई आवश्यक निर्देशन दिने जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत धिरेन्द्रराज पन्तले जानकारी दिनुभयो । भवन भित्र अबाञ्छनीय क्रियाकलप हुने सूचना प्राप्त भयो, हामी तत्काल आवश्यक कदम चाल्छौ, उहाँले भन्नुभयो– भवनको ग्रिल फेर्ने, ताराबार गर्ने र सुरक्षाको लागि प्रशासनले आवश्यक कदम चाल्छ ।’