एउटा सानो गल्तिलेनै जिन्दगि भरि पछुताउनु पर्छ #पछुतो

-- जिवन थापा मगर / प्रकाशित मिति : बुधबार, पुस २५, २०७५

एक जोडि प्रेमिहरु एक जो अर्कालाई धेरै माया गर्दथे, एक दिनको कुरा हो । त्यस प्रेमिहरु बिच सानो कुरामा मन मुटाब भएर बिछोड हुन्छ ।

भिडियोको लागि___Link Click

 

तर दुबैले एक अर्कालाई खुब माया गर्छन तर उस्ले पहिला माफी माग्नु पर्छ भाबनाले दुबै चुपचाप बस्छन । तर एक दिन केटी आफैले माफी माग्छु भनेर उस्को घर अगडिको बाटोमा बसेर केटालाई फोन गर्छ तर केटाले फोन नै उथाउदैन किनकी मेरो माफिको लागी ऊ अझ रात भरि तड्पियोस अनि भोली बिहानै म आफै गएर माफी माग्छु भनेर केटाले सोचेको हुन्छ । १०० मिस्कल आइसक्यो तेइपनी केटाले वास्तनै गर्दैन । रातको ११ बजिसक्यो उता केटी एक्लै बिच बाटोमा छ तर केटा लाई यो कुरा थाहा छैन किनकी त्यो केटी घर्मै होला भनेर केटाले सोचेको हुन्छ ।

अन्तिम मा एउटा म्यासेज आउछ ।तर केटाले मोबाईल अफ गरेर सुत्छ । अनी बिहानपख केटा केटी लाई भेट्न जाने भनेर घर बहिरा निस्किन्छ । केटाको घरको केहि पर मन्छेको भिड्भाड देख्छ ।

त्यहाँ त्यो केटी को लास हुन्छ जो केटी हिजो त्यो केटासँग माफी माग्ने भनेर आएको थियो । राती केहि केटा हरुले बलत्कार गरेर मर्दिन्छन त्यो केटीलाई ।अनी त्यो केटाले आफ्नो मोबाईल अन गर्छ अनि अन्तिम्मा आको म्यसेज हेर्छ म्यासेजमा लेखिएको हुन्छ प्रदिप प्लिज एक चोटी फोन उठाउ म तिम्रो घर अगाडी छु हेरन ८,, ९ जना केटा हरु मेरो पिछा गरिरछन ।मलाई एक्दमै डर लागिरको छ ।प्लिज फोन उठाउ यो म्यसेज हेरिसके पछी केटा बेहोस झै हुन्छ ।सायद केटा ले एक चोती फोन उठाको भय केटीको ज्यान बज्थ्यो होला । तेसपछि केटा भक्कानिएर रुदारुदै बेहोस भएर ढल्छ र केटा होसमा आउँदा सधैको लागी मानसिक सन्तुलन गुमाउछ यानकि पागल ।